अछाम। अछामको मेल्लेख गाउँपालिका मा गाउँसभाको १८औँ अधिवेशन सुरु भएको छ। अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम पेश गरिएको छ।
सोमबार बसेको गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय सरकार सञ्चालनका प्रमुख क्षेत्रहरू निर्धारण गरिएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन उद्योग तथा सुशासनलाई मुख्य प्राथमिकताका रूपमा अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आगामी वर्ष यी क्षेत्रहरूमा केन्द्रित भएर समग्र विकासलाई गति दिने लक्ष्य लिएको छ। अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।


