पत्रकार महासंघको साधारण सभा गर्न परिपत्र, कुनको कहिले ?


पैरवी खबर

काठमाडौँ। नेपाल पत्रकार महासंघले साधारण सभा गर्न परिपत्र गरेको छ। हालै हेटौँडामा बसेको बैठकको निर्णयबमोजिम महासंघ केन्द्रीय कार्यालयले शुक्रबार सबै शाखाहरूलाई साधारण सभा गर्न परिपत्र गरेको हो।

महासचिव रामप्रसाद दाहालका अनुसार महासंघका जिल्ला शाखाहरूको अधिवेशन बैशाख १० देखि जेठ १० भित्र गरिसक्न निर्देशन दिइएको छ। त्यस्तै, प्रदेश समितिहरूको अधिवेशन जेठ ११ देखि ३१ सम्म गरिसक्ने गरी कार्यतालिका तय भएको छ।

महासंघको साधारण सभा भने आगामी असोजमा गर्ने तालिका छ। महासंघले जेठभित्रै राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको महासचिव दाहालले जानकारी दिए।