अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न


पैरवी खबर

साँफेबगर ।

अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौको समन्वय, आस्था नेपालको सहजीकरण र वल्र्ड भिजन ईन्टरनेसनल नेपालको सहयोगमा एक दिने अन्तर पुस्ता संवाद सम्पन्न भएको हो।

कार्यक्रममा वडा सतरिय बाल संजालका प्रतिननिधि र साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौको बाल अधिकार समितिका पदाधिकारी बिच दोहोरो अन्तर संवाद कार्यक्रममा बालबालिकाका प्रतिनिधिहरुले बालबालिकाहरुका लागि बजेट विनियोजनमा कञ्जुस्याइँ, विद्यालयमा प्रयाप्त खेलकुद सामाग्रि नहुने गरेको, सरसफाई तथा खानेपानीको अभाव, लैंगिक तथा अपांगतामैत्री शौचालयको अभाव, सेनेटरी प्याड विसर्जन गर्ने प्रविधि नहुनु र माध्याकिमक विद्यालय स्तरमा किशोरीहरु मुर्छा पर्ने, बेहोस हुने समस्या हुने गरेको गुनासो राखेका थिए।

बालबालिकाले राखेका सवालहरुको जवाफमा वडा स्तरिय बाल अधिकार समिति संयोजक तथा वडा अध्यक्ष नवराज बुढाले वडा कार्यालयबाट गर्न सक्ने समस्याहरुको समाधान गर्न वडा कार्यालय तयार रहेको र वडाबाट सम्बोधन गर्न नसकिने समस्या तथा योजनाहरुलाई नगर कार्यपालिकाको बैठक तथा नगर सभा मार्फत सम्बोधन गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

अन्तर पुस्ता संवाद कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ३० जना बालबालिकाको सहभागिता रहेको थियो। अन्तर पुस्ता संवाद कार्यक्रममा वडा सदस्य तथा न्यायीक समिति सदस्य निता कुँवर, वडा सदस्य नारायण प्रसाद उपाध्याय लगयतको उपस्थिति रहेको थियो।

वडा स्तरिय बाल संजालका अध्यक्ष ममता बोहराको अध्यक्षतामा भएको अन्तर पुस्ता कार्यक्रमको सहजीकरण आस्था नेपालका भ्वान सिंह सार्की र ध्रुव बहादुर स्वारले गर्नु भएको थियो।