अछाम-नेपाली कम्युनिष्ट पार्टीका उमेदवार बलहादुर कुवँरले समृद्ध अछाम बनाउने योजना आफुसंग मात्रै रहेको दाबी गर्नुभएको छ । अछाम जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएपनी यहाँबाट निर्वाचित भएर जाने जनप्रतिनिधिले कामगर्न नसक्दा र जिल्ला हरेक हिसाबले पछाडी परेको भन्दै आफु निर्वाचित भएर गएको खण्डमा अछामको समृद्धीका विषयमा बहस चलाउने बताउनुभयो ।
जिल्लामा निर्माण गर्नुपर्ने गौरवका आयोेजनाहरुको काम हुन नसक्दा आज नागरिकहरुले धेरै किसिमका दुख भोग्नुपरेकोमा चिन्ता व्यक्तगर्दै उमेदवार कुवँरले यस्ता कामहरु अगाडी बढाउनका लागि पनि नेपाली कम्युनिष्ट पार्टीले जित्नुपर्ने उहाको भनाई छ । घरदैलो कार्यक्रमको अवसरमा कमलबजार नगरपालिका वडा न १० घोडासैनमा अयोजना गरिएको कार्यक्रममा बोल्दै नेता कुवँरले आफु यसभन्दा पछाडी निर्वाचन पनी नलड्ने भएकाले अन्तिम पटक आफुलाई जिताएर पठाउन आग्रह गर्नुभएको थियो ।


