जिल्लामै बसेर निरन्तर जनताको सेवामा समर्पित छु : स्वाँर


पैरवी खबर

नेपाली कांग्रेस अछामका पूर्व सभापति तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरतकुमार स्वाँरले आफू ऊर्जाशील समयदेखि हालसम्म जिल्लामै बसेर अछामका जनताको दुःख–सुख र सेवामा निरन्तर समर्पित रहँदै आएको बताउनुभएको छ।नेपाली कांग्रेस रामारोशन गाउँपालिकाको चुनावी तयारी बैठकलाई सम्बोधन गर्दै नेता स्वाँरले राजनीति सुरु गरेको दिनदेखि नै अछामको माटो र जनतासँग आत्मीय सम्बन्ध राख्दै काम गर्दै आएको उल्लेख गर्नुभयो। अछामको भूगोल, अवस्था र जनजीवनसँग आफू राम्रोसँग परिचित रहेको बताउनुभयो ।
उहाँले अब जनताको साथ र विश्वास प्राप्त भए असल जनप्रतिनिधिका रूपमा अझ प्रभावकारी काम गर्न सक्ने क्षमता आफूमा रहेको दाबी गर्नुभयो।उहाँले रामारोशनप्रति सधैँ विशेष माया रहेको उल्लेख गर्दै यहाँको समृद्धि र विकासका लागि नेपाली कांग्रेस अन्य दलभन्दा अग्रपंक्तिमा रहेर काम गर्दै आएको समेत बताउनुभयो।

नेपाली कांग्रेस रामारोशनका सभापति मानबहादुर साउदको सभापतित्वमा मुजाबगरमा चुनावी तयारी बैठक सम्पन्न भएको छ । कार्यक्रम नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गोविन्द शाह प्रमुख आतिथ्यतामा वैठक सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सदस्य अुनुराधा स्वाँर, रुपा आउजि, भक्त ठकुल्ला महासमिति सदस्य राजन कुँवर, निर्प साउद क्षेत्रिय सभापति कृष्ण बुढा महाधिवेशन प्रतिनिधि कृष्ण कुँवर अप्सरा कुँवर कांग्रेस नेता टेक बहादुर साउद लगायतको सहभागिता रहेको थियो ।जिल्ला सदस्य पुष्प बिष्टको स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव उमेश बोहराले गर्नुभएको थियो ।