अछाम — नेकपा एमाले मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाको आयोजनामा आसन्न फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै वडा कमिटीको बैठक सम्पन्न भएको छ।
बैठकको अध्यक्षता वडा कमिटी अध्यक्ष नृप बहादुर खड्काले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा एमालेका नेता गोविन्द बहादुर साउद (सुमन) रहनुभएको थियो भने अतिथिहरूमा वीर बहादुर बोहरा र नरेन्द्र बहादुर खड्काको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव गगन बोहराले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा कमिटी सह–सचिव मीन बहादुर खड्काले राख्नुभएको थियो।
बैठकमा फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन पार्टी संगठन सुदृढीकरण, मतदाता सम्पर्क विस्तार तथा निर्वाचन अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। सहभागी वक्ताहरूले एकताबद्ध भएर चुनावी अभियानमा जुट्न कार्यकर्तालाई आग्रह गरेका थिए।


