अछाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवं अछाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार डा. भीम बहादुर रावलले अहिलेको चुनाव देशको राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा तथा जनताको अधिकारको लागि भएको बताउनुभयो ।
साँफेबगरमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता रावलले यो विषम परिस्थितिमा हुन लागेको चुनाव भएकाले संसदमा राष्ट्रियताका विषयमा वोल्ने व्यक्ति आवश्यक रहेको बताउनुभयो ।
यस्तै आजै मेल्लेखमा भएको भएको अगुवा कार्यकता भेलालाई सम्वोधन गर्दै नेता रावलले जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेकपाका नेता भीम बहादुर वुढाको अध्यक्षतमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्व मन्त्री शेरबहादुर कुँवर, पूर्व मन्त्री प्रदेश सभा सदस्य झपत साउद, नेकपाका नेता कुलबहादुर कुँवर, समानुपातिक उम्मेदवार केशर मिया, निर्मला साउद, नेकपाका नेता एवंम् गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद, नेता अर्जुन धामी लगायतको नेता कार्यकर्ताकोे उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन संगठित रूपमा अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपाका नेतृ कृष्णा खड्काले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन नेता नृप साउदले गर्नुभएको थियो ।


