जैशी दम्तीले स्थापना गरे छोरीको सम्झनामा अक्षय कोष


पैरवी खबर

अछाम – अछाम जिल्लाको ढकारी गाउँपालिका वडा न ८ का रतन प्रसाद जैशी र निर्मला देवकोटाले आफ्नो छोरीको सम्झनामा अक्षयकोष स्थापना गरेका छन । आफ्नो मृतक छोरी हमिशा कुमारी जैशीको सम्झना स्वरुप हमिशा स्मृति छात्रवृति अक्षयकोष स्थापना गरेका हुन । मृतक हमिशाको जन्मदिनको अवसरमा वडा न ६ मा रहेको पञ्चज्योती आधाभुत विद्यालयमा ५०,००० पचास हजार रकमको अक्षयकोष स्थापना गरिएको मृतक हमिशाका बुवा रतन प्रसाद जैशीले जानकारी दिनुभएको छ । उक्त अक्षयकोष बाट प्राप्त भएको ब्याज बाट विद्यालयमा अध्यानरत अपांग, विपन्न, टुहुरा तथा जेहेन्दार विद्यार्थिलाई छात्रवृति स्वरुप प्रदान गरिने जैशीको भनाई छ । हमिशाको गत साउन २२ गते निधन भएको थियो ।