मार्कुका ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच सहित न्यानो टोपी वितरण


पैरवी खबर

साँफेबगर- चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा तथा नसर्ने रोग स्कृनिङ्ग र जेष्ठ नागरिक सम्मान स्वरूप न्यानो टोपी वितरण कार्यक्रम प्रारम्भ गरिएको छ ।
मार्कुका ६० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि आज सयपडा टोलबाट कार्यक्रम सुरुवात गरिएको छ ।
भोलि पौष ८ गते डाँडामार्कु टोल, माझखोला टोल र ०९ गते नवाघर, चाफारुख, धिमिगाउँ टोलमा यो कार्यक्रम संचालन गरिने वडा अध्यक्ष ललित बहादुर बोगटीले जानकारी दिनुभयो ।