साँफेबगर – प्रविधिको सहि सदुपयोग गरौं , लैङ्गिक हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उदघाटन गरिएको छ ।
साँफेबगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा साँफेबगर सामुदायिक सिकाइ केन्द्र , आस्था नेपाल , सेबक नेपाल , वाक नेपाल , समविकास नेपाल, पिसवीन लगायतका संस्थाहरुको सहकार्यमा १६ दिने अभियानको उदघाटन भएको हो ।
नगरपालिकाका नगर उप-प्रमुख शिव बहादुर कुँवरको अध्यक्षताम अभियानको उदघाटन भएको हो ।
२५ नोभेम्बर -१० डिसेम्बर २०२५ (२०८२ मंसिर ०९ गतेदेखि २४ गते सम्म यो अभियान संचालन रहने छ ।


