साँफेबगर नगरपालिकाले स्व.दिनेश बाब्लीको परिवारलाई रु.५ लाख दिने


पैरवी खबर

साँफेबगर – साँफेबगर नगरपालिकाले स्व.दिनेश बाब्लीको परिवारलाई राहत स्वरुप रु.५ लाख दिने भएको छ ।

नगरपालिकाले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रु .५ लाख आर्थिक सहयोग गर्ने आज कार्यपालिकाको बैठक बाट निर्णय गरेको छ ।

पालिकाको अघिल्लो कार्यपालिकाको बैठकमा ३ लाख दिने निर्णय गरिएको थियो , आजको कार्यपालिका बैठकमा थप २ लाख दिने निर्णय गरि जम्मा ५ लाख नगरपालिकाले दिने भएको हो ।

स्वर्गीय बाब्लीको असोज महिनाको ८ गते सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो । उहाँ साँफेबगर नगरपालिका १२ खप्तडमा सहजकर्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।