डा.भीम रावल पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन तयार, २७ गते एकता कार्यक्रम


पैरवी खबर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पार्टी एकताका लागि बृहत अभियान चलाइरहेका बेला पछिल्ला दिनमा अभियान चलाइरहेका कम्युनिस्ट नेता भीम रावल पनि समाहित हुने पक्का भएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि र रावलबिच आज भएको छलफलमा एकताको कार्यक्रम गर्ने २६ वा २७ गते गर्ने, समाहित हुने सैद्धान्तिक सहमति भएकाे र सहमतिका विस्तृत बुंदाहरु तयार पार्ने सहमति भएको वार्तामा सहभागि एक नेताले समाचार दैनिकलाई जानकारी दिए । रावलले हाल मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन्। पछिल्लाे चरण लगातार छलफलमा रहेका उनले आइतबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरे । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार हात्तीवनमा भएको छलफलमा रावलले एकताका लागि राष्ट्रिय स्वाधिनता मुख्य विषय हुने बताए । उनले आफू एकताका लागि सकरात्मक रहेको तर आफ्नो अभियानका साथीहरूसँग छलफल गरेर खबर गर्ने जवाफ दिएका थिए। ‘मेरो मातृभूमि जागरण अभियान पनि छ, त्यसमा साथीहरू हुनुहुन्छ,’ रावलको भनाइ थियो, ‘उहाँहरू संगठित हुनुहुन्छ। म सल्लाह गर्छु। म सकरात्मक छु। म सल्लाह गरेर खबर गर्छु भनेर भन्नु भएको छ।’ यसअघि नेपाली कम्युनिस्ट पार्टी एकता घोषणको पूर्वसन्ध्यामा साेही दिन पनि प्रचण्डले रावलसँग एकताका लागि छलफल गरेका थिए।