अछाम – साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौमा विहिबार १९ वटा छाउगोठहरु भत्काइएका छन ।
इलाका प्रहरी कार्यालय साँफेबगर अछाम र स्थानीय जनप्रतिनिधिहरु बुद्धिजीवीहरुको उपस्थितिमा छाउगोठ भत्काइएको हो ।
साँफेबगर नगर उप प्रमुख शिव बहादुर कुँवर ,वडा अध्यक्ष नवराज बुढा , इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायब उपरीक्षक (सइ) देवेन्द्र कुँवरको कमान्डमा खटिएको प्रहरी टोली र बुद्धिजीवी, महिला समूहका सदस्यहरूले मष्टामाण्डौका विभिन्न टोलमा रहेका छाउगोठ भत्काएका हुन ।
वडाका केही टोलमा अनुगमन सहित छाउगोठ भत्काउने कार्य जारी रहेको सइ देवेन्द्र कुँवरले बताउनु भयो ।
समुदायमा अझै पनि परम्परागत सोचका कारण छाउगोठ कायम रहेकाले प्रहरी र स्थानीय तहले निरन्तर अभियान अघि बढाउने बताएका छन्। महिला समूहका अगुवाहरूले छाउगोठ भत्काउने कामसँगै सचेतना अभिवृद्धि र सुरक्षित विकल्प उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याएका छन्।