नगर कमिटि सदस्य पदका लागि काङ्ग्रेस युवा नेता रमेश कडायतको उम्मेदवारी घोषणा


पैरवी खबर

अछाम ।नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ साँफेबगर नगरपालिका नगर कमिटि सदस्य पदका लागि युवा नेता रमेश कडायत ले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने नगर सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले नगर कमिटि सदस्य पदमा उमेद्वारी घोषणा गरेको कडायत ले बताए ।

साँफेबगर नगरपालिका वडा १२ खप्तड का वडा सचिव रहेका नेता कडायत ले पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै नगर कमिटि सदस्य पदमा आफुलाई यसपटक अघि सारेका छन् । निरन्तर रुपमा सबै ठाउमा सामाजिक कार्यमा क्रियाशील भएर समाजमा काम गर्दै आएका कडायत आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन ।

संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई रहेको छ ।