अध्यक्ष बाेहरा द्वारा १५ सयांै हस्पिटल काे स्थलगत अनुगमन


पैरवी खबर

लाल बहादुर चदारा अछाम :मेल्लेख गाउँपालिका अध्यक्ष लाेक बहादुर बाेहरा ले मेल्लेख काे चाैखुट्टे मा रहेका १५ सयांै हस्पिटल काे स्थलगत निरक्षण तथा अनुगमन गरेकाे छ ।

१५ सयौं हस्पिटल लाई याे महिना काे अन्तिम सातादेखि संचालनमा ल्यानकाे लागि अावश्यक स्रोत साधान र स्वास्थ्य सामाग्री पालिका बाट उपलब्ध गर्न ।अाफु त्याहा पुगेर अावश्यक चाहिने स्वास्थ्य सामाग्री बारे जानकारी लिनुभएकाे छ ।

हस्पिटल काे लागि चाहिने अाबश्यक स्रोत साधान विधुत खानेपानी व्यवस्थापन काे लगि त्याहाका स्थानीय लाई परिचालन गरि याे साता भित्रै काम सम्पन्न गर्नुपर्ने बिषयमा पनि छलफल गरिएको छ ।
मेल्लेख का स्थानीय बासि हरुलाई स्वास्थ्य सेवा लिनकाे लागि टाढा जानुपर्ने बाध्यता हटाउन तत्काल हस्पिटल मा एमबिबिएस डाक्टर सहित दक्ष स्वास्थ्यकर्मी बाट सबैखाले स्वास्थ्य सेवा सुचारु गरिने अध्यक्ष बाेहराले बताउनु भएकाे छ ।

स्वास्थ्य सेवा छिटो सुचारु गर्न एमबिबिएस डाक्टर दिवान्सु भट्ट लगायत स्वास्थ्यकर्मी काे टाेलि हस्पिटल व्यवस्थापन गर्न खटाइ सकेको उहाले बताउनु भयाे ।

हस्पिटल संचालक समिति गठन का लागि १० दिन भित्र सुझाव पेश गर्न भनिएकाे समिति मार्फत सुझाव अाए हस्पिटल संचालक समिति पनि तत्काल गठन गरिने अध्यक्ष बाेहराल जानकारी गराउनु भएकाे छ । सथै हस्पिटल काे दुईवटा भवन बनिसकेको फेरि बन्ने १८ कराेड ८६ लाख काे भवन निर्माणकार्य लागि फिल्ड कटिङकाे काम पनि तिब्रता का साथ भैरहेको अध्यक्ष बाेहरा काे भनाइ छ ।