सुरत सुनार, अछाम :कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि ईलाका प्रहरी कार्यलय ठाटी ‘तपाईंको मुखमा मास्क खै’ अभियान सुरु गरेको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय अछाम सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै अभियान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार हरेक व्यक्तिलाई घरबाहिर निस्कने बित्तिकै मास्क प्रयोग गर्न उत्साहित गर्ने गरी अभियान सञ्चालन गरेको हो ।
सोही अनुसार ठाटी बजार सहितका बजार क्षेत्रमा मास्क लगाउन प्रहरीले पटक–पटक अनुरोध गरिरहेको ईलाका प्रहरी कार्यालय ठाटी इन्चार्ज प्रहरी नायब निरीक्षक दिलिप बि सि बताए ।
पोस्ट नजिक गाडी चालक सर्वसाधारण रोकेर अनिवार्य मास्क लगाउन आग्रह गरेर सचेतना गराइ रहेका छौ ट्राफिक प्रहरी साफेबगरका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीर बहादुर बिष्ट बताए । अभियान चलाए पनि यहाँ मास्कको मूल्य सर्वसाधारणको पहुँच बाहिर रहेको देखिन्छ । अभियानमा प्रहरी सर्वसाधारण लगायत को सहभागिता रहेको थियोे ।