धनगढीबाट आइरहेको जीप भासु भिरमा खस्यो, ५ जना घाइते
२०७८ साउन २७
धनगढी : कैलालीको भासु भिरमा जीप खसेको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार सडकबाट जीप झण्डै तीन सय मिटर तल खस्दा जीपमा सवार ५ जना घाइते भएका छन्।
‘तीन जना पुरुष र दुई महिला घाइते छन्,’ उनले भने, ‘एक जनाको अवस्था गम्भीर छ। अन्यको अवस्था मध्यम छ। सबैलाई अस्पताल ल्याउन लागिएको छ।’ घाइतेको नाम भने खुलेको छैन।