बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा


पैरवी खबर

अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको हो ।

गाउँका १ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा रहेको छ । अहिले पनी सो क्षेत्रमा पानी परिरहेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाहरुले आफुलाई सुरक्षित स्थानमा सारिदिन आग्रह गरिरहेका छन् ।

पहिरो र गाउँको दुरी सय मिटरको रहेको छ । पहिरोका कारण स्थानीयबासीहरुको भोक निन्द्रा नै हराएको स्थानीय गोबिन्द खड्काले बताए । उनले भने,‘पहिरो बगीरहेको छ,खेतहरु भासिएको छ, कति बेला के हुने हो थाहै छैन ।’ त्यस्तै स्थानीय भिम बहादुर सार्की ले भने कति खेर पहिरो ले घर सहित हामीलाई बगाउने हो हामी त्राशीत भएको छौ। रात दिन जाग्राम बस्ने गरेको का छौ हामी लाई कतै सुरक्षित ठाँउ मा सारिएको भय हुने थियो ।उनको भनाइ रहे छ।

सरानीको तल्लो टोलका २८ घर माथील्लो दलित टोलमा २५ घरधुरी पहिरोको जोखिममा परेको वडाध्यक्ष रमेशबहादुर खड्काले बताए ।

उनले भने,‘स्थलगत पहिरोको निरिक्षण गरेका छौ,उच्च जोखिममा रहेको परिवारलाई सुरक्षाकर्मीहरुको सहायतामा सुरक्षित स्थानमा सार्ने पहल भइरहेको छ ।’