नेपाल एड्भेन्चर रनिङ फेडरेशनका अध्यक्ष कुँवरको सन्देश


पैरवी खबर

“रामारोशन स्काइ रनिङ २०२६” केवल एउटा खेल प्रतियोगिता मात्र होइन, यो नेपालको हिमाली सौन्दर्य, संस्कृति, साहस र अदम्य आत्माको उत्सव हो। सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको मनमोहक उच्च पहाडी क्षेत्रमा आयोजना हुन लागेको यस ऐतिहासिक कार्यक्रममार्फत हामी रामारोशनको सुन्दरता र पहिचानलाई विश्वसामु परिचित गराउँदै साहसिक पर्यटन, युवा सशक्तीकरण तथा अन्तर्राष्ट्रिय खेल सहकार्यका नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखेका छौँ।
यो दौड हाम्रो खेलाडीहरूको क्षमता, स्थानीय समुदायको आत्मीयता तथा नेपाललाई विश्वस्तरीय ट्रेल तथा स्काइ रनिङ गन्तव्यको रूपमा स्थापित गर्ने असीम सम्भावनाको प्रतीक हो। हिमाली तालहरू, कठिन पहाडी पदमार्गहरू तथा सुदूरपश्चिमको समृद्ध संस्कृति र परम्पराले भरिएको रामारोशनको प्रत्येक पाइला संघर्ष, साहस र प्रेरणाको कथा बोल्छ।
विश्वभरका खेलाडी, समर्थक, साझेदार तथा साहसिक यात्रा प्रेमीहरूलाई यस ऐतिहासिक यात्राको हिस्सा बन्न हामी हार्दिक स्वागत गर्दछौँ। आउनुहोस्, सँगै मिलेर नयाँ पुस्तालाई प्रेरित गरौँ, दिगो हिमाली पर्यटनलाई प्रवर्द्धन गरौँ र विश्व साहसिक दौड समुदायमा नेपालको पहिचानलाई अझ उचाइमा पुर्‍याऔँ।
हामी असार ३ गते हुने “रामारोशन स्काइ रनिङ २०२६” मा तपाईंहरूलाई स्वागत गर्न आतुर छौँ।