अछाम । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ।
साँफेबगरमा आयोजित कार्यक्रममा कम्पनीका Head of Sales Strategy and Research Department रोजेस बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने सुदूरपश्चिम प्रदेश ‘ख’ का प्रमुख पूर्णराज ढुंगाना विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रमको सञ्चालन मंगलसेन शाखा प्रमुख देवानन्द खतिवडाले गर्नुभएको थियो। कार्यक्रममा बाजुरा शाखाका प्रमुख निरज अयडी, साँफेबगर शाखा प्रमुख मनिषा रावल कुँवर सहित साँफेबगर, मंगलसेन र बाजुरा शाखाका करिब ८० जना बीमा अभिकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले बीमाको महत्त्व, विभिन्न बीमा योजनाहरू, बीमाले पार्ने सकारात्मक प्रभाव तथा वर्तमान समयमा बीमा व्यवसायलाई कसरी प्रभावकारी रूपमा विस्तार गर्दै सर्वसाधारण नागरिकसम्म पुर्याउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमले बीमा अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्दै बीमा सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ।


