महाकालीमा पौडी खेल्न गएका अछाम बुढाकोटका युवक बेपत्ता


पैरवी खबर

कञ्चनपुर । महाकाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । मंगलबार साँझ करिब ५ बजे भीमदत्त नगरपालिका-११ नजिकै पौडी खेल्ने क्रममा अछामको साँफेबगर नगरपालिका-९ बुढाकोट दुधनाउलाका २५ वर्षीय हिक्मत कुँवरको छोरा मनिश कुँवर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायमा आठौं सेमेस्टरका विद्यार्थी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खड्कबहादुर खत्रीका अनुसार स्थानीय र सुरक्षाकर्मीले कुँवरको खोजी गरिरहेका छन् ।