अछाम । अछामकाे मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम यातायातको बस सेवा आजदेखी सुरु भएको छ।
आज पहिलो पटक ना ५ ख ७९१ नम्बरको बस चालक खडक भण्डारीले मेल्लेख–६, शाेडषा सम्म सफल परीक्षण यात्रा पूरा गरेका छन्। भोलिदेखि भने नियमित रूपमा बस सेवा सञ्चालन हुने जनाइएको छ।
बस सेवाको उद्घाटन मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले एक कार्यक्रमका बीच गर्नुभएकाे छ । कार्यक्रममा वडा अध्यक्ष तिलक कडायत, वडा सदस्य नृप खड्का लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
भाेलीवाट प्रत्येक दिन दिउँसो १२ बजे षोडषाबाट गाडी छुट्नेछ। यात्रु भाडा १८०० रुपैयाँ तोकिएको सुदूरपश्चिम यातायात मेल्लेख काउण्टरका मिन रोकायाले जानकारी दिनुभयाे । यात्रु समन्वय तथा काउन्टरकाे जिम्मेवारी प्रकाश खड्कालाई दिईएकाे छ ।
यस सेवाले मेल्लेख क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा थप सहजता पुर्याउने विश्वास गरिएको छ।


