काठमाडौँ । रास्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। शाह बिहीबार मात्रै प्रतिनिधिसभामा बहुमतप्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता चयन भएका थिए।
झापा-५ बाट निर्वाचित शाहले बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै रास्वपा केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन गरेको थियो।
चुनाव अगावै प्रधानमन्त्रीको उम्मेदवार घोषणा भएका शाह नेपालको प्रधानमन्त्री बन्ने ४०औँ व्यक्ति हुन्। 


