विश्व क्षयरोग दिवसको अवसरमा पत्रकार संग अन्तरक्रिया


पैरवी खबर

अछाम- विश्व क्षयरोग दिवस अछाम जिल्लामापनि विभिन्न कार्यक्रमको आयोजनागरि मनार्ईएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको समन्वयमा जिल्लाका विभिन्न ठाउमा सचेतनामुलक कार्यक्रमको आयोजनागरि दिवस मनार्ईएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । यस्तै कार्यालयको आयोजनामा अछाम जिल्लाका संचारकर्मी तथा सरोकारवालहरु विच मंगलबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यालय प्रमुख झपटराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा अछाम जिल्लामा क्षयरोगको अवस्था र चुनौतीका विषयमा व्यापक रुपमा छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा अछाम जिल्लामा पनि समुदायमा क्षयरोगका विरामीहरु रहेको तर कतिपय विरामीहरु स्वास्थ्य संस्थामा नआउने समस्या रहेकाले यस तर्फ सरोकारवाला सबै गम्भीर हुनुपर्ने कार्यक्रममा सहभािगहरुको भनाई थियो । अछाम जिल्लामा चालु आर्थिक वर्ष २०८२÷०८३ को फागुन सम्म ९२ जना क्षयरोगका विरामीहरु पत्ता लागेका छन भने गत आर्थिक वर्ष २०८१÷०८२ मा १ सय ९७ जना विरामीहरु पत्ता लागेका थिए
। जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कक अनुसार अछाममा ४० प्रतिशत क्षयरोगका विरामीहरु पत्ता लागेको बताईएको छ । अहिले पनि क्षयरोग लागेको एकिन भएपनी कतिपय विरामीहरु वीचमै औषधी खान छोड्ने गरेको पाईएकाले यसले थप समस्या ल्याउन सक्ने भन्दै यो सबैका लागी चुनौतीका विषय बनेको सरोकारवालाको भनाई थियो । क्षयरोग नियमित औषधी खाएमा निको हुने रोग भएकाले यसलाई लुकाएर बस्नु भन्दा पनि नियमित खोकी लागेमा, खकारमा रगत देखा परेमा, साँझपख ज्वरो आएमा, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु र खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण भएकाले यी लक्षण देखिएमा वा संका लागेका नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण गर्न समेत स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले सुझाव दिनुभएको छ ।