अछाम-नेकपा एमालेका केन्द्रिय सदस्य तथा अछाम क्षेत्र न २ का उमेदवार यज्ञबहादुर बोगटीले गाउँघरमा जादा जनताले अपेक्षाभन्दा बढी माया गरेको भन्दै खुसी व्यक्तगर्नुभएको छ । ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका र पंञ्चदेवल विनायक नगरपालिकामा आईपुग्दा सम्म स्थानीय जनताहरुको मायाले आफुलाई थप उत्साहित बनाएको उहाको भनाई छ ।
३ वटा पालिकामा घरदैलो कार्यक्रम सम्पन्न हुदैगर्दा विगतका बर्षहरु भन्दा राम्रो समर्थन पाएको उमेदवार बोगटीले बताउनुभयो । आफु जुन वडा र टोलमा जान्छु त्यो ठाउमा स्थानीयको सहभागिताले आफु प्रतिको आशा र भरोसा बढ्दै गएको पाएको बताउनुभयो । आफुले सुरु गरेका विकासका अधुरा योजनाहरु पुर्ति गर्नका लागि भएपनी पुन एक पटक जिताएर संसदमा पठाउने स्थानीय जनताहरुले प्रतिबद्धता जनाएको भन्दै उमेदवार बोगटीले यसपाली विगतका वर्षहरुभन्दा बढी साथ पाएकाले आफ्नो जितलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । युवाहरु बुढाबुढी सबैको रोजाई भनेकै एमाले पार्टी भएकाले यो बीचमा पार्टीमा पनि थुप्रै युवाहरु प्रवेश भएको पार्टीले जनाएको छ । बिहिबार पञ्चदेवल विनायक नगरपालिकाको वडा न ६ तोलीका विभिन्न टोलहरुमा घरदैलो गरेका बोगटीले तालीमा पनि अपेक्षा गरेभन्दा राम्रो समर्थन पाएको बताउनुभयो । घरदैलो कार्यक्रममा नेकपा एमालेका नेताहरुको सहभागिता रहेको कमल बुढाले जानकारी दिनुभएको छ ।


