अछाम–२ मा कुँवरको घरदैलो अभियान तीव्र, पञ्चदेवल विनायकमा जनसमर्थन उत्साहजनक


पैरवी खबर

अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर २ का नागरिकहरू फेरि एकपटक निर्णायक मोडमा उभिएका छन्। वर्षौंदेखि दोहोरिँदै आएका अनुहार, पूरा नहुने प्रतिबद्धता र चुनावपछि जनताबाट टाढा रहने प्रवृत्तिले यो क्षेत्र अझै पनि विकासको मूलधारमा समेटिन सकेको छैन। यही पृष्ठभूमिमा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा उम्मेदवार बल बहादुर कुवरको पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न घरदैलो कार्यक्रमले जनस्तरमा नयाँ बहस र आशा जगाएको देखिन्छ।
प्रतिनिधि सभा उम्मेदवार कुवरको टोलीले पञ्चदेवल विनायक नगरपालिकामा एक चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। अभियानका क्रममा नगरका बिभिन्न वडाहरुमा पुग्दा स्थानीय जनतामा उल्लेखनीय उत्साह र समर्थन देखिएको उम्मेदवारको टोलीले जनाएको छ।
घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले विगतमा पटक–पटक अवसर पाएका तर जनताको समस्या समाधानमा असफल भएका कांग्रेस र एमाले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। चुनाव जितेपछि जनतामा नफर्किने, विकास निर्माण र रोजगारीका सवालमा उदासीन रहने प्रवृत्तिका कारण क्षेत्र पछाडि परेको गुनासो व्यापक रूपमा सुनिएको छ।
स्थानीय बासिन्दाहरूले यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने मनस्थिति बनाएको बताउँदै बल बहादुर कुवरलाई तारा चिन्हमा मतदान गर्न जनस्तरमै सल्लाह र छलफल भइरहेको अभियानमा सहभागीह राम प्रसाद जैशी(अखण्ड)ले बताएका छन्। पिछडिएका बस्ती, आधारभूत सेवा र जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारको प्रतिबद्धताले जनताको ध्यान तानेको उनीहरूको भनाइ छ।
घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै बाँकी क्षेत्रहरूमा समेत जनताको मत र सुझाव संकलन गर्दै अघि बढ्ने निर्वाचन परिचालन समितिका संयोजक एंवम संविधान सभा सदस्य भरत साउदले बताउनु भएको थियो।
घरदैलो कार्यक्रममा जनताले व्यक्त गरेका गुनासा एउटै छन्—अवसर पाएका नेतृत्वले काम गरेनन्, समस्या बुझेनन् र जितेपछि जनतामा फर्किएनन्। सडक, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत सवाल आज पनि उस्तै छन्। यसैले यसपटक अछाम–२ का मतदाताहरू ‘पुरानै गल्ती दोहोर्याउने कि नयाँ विकल्प रोज्ने’ भन्ने प्रश्नसँग जुधिरहेका छन्। यही सन्दर्भमा बल बहादुर कुवरप्रति बढ्दो जनचासो संयोग मात्र होइन। पिछडिएका बस्ती, उपेक्षित समुदाय र अवसरबाट वञ्चित वर्गलाई केन्द्रमा राखेर अघि बढ्ने उनको भनाइ र व्यवहारले धेरैलाई सोच्न बाध्य बनाएको छ। परिवर्तन भाषणमा होइन, व्यवहारमा खोज्ने मतदाताहरूबीच तारा चिन्हमा मतदान गर्ने विषयमा खुला छलफल र सल्लाह सुरु हुनु आफैंमा राजनीतिक चेतनाको संकेत हो।
अछाम–२ अब भावनामा होइन, मूल्यांकनमा मतदान गर्न खोजिरहेको देखिन्छ। जनताले खोजेको प्रतिनिधि केवल जित्ने उम्मेदवार होइन, जितिसकेपछि पनि जनतामै रहने नेता हो। यदि मतदाताको यो चेतनाले मतपेटिकासम्म निरन्तरता पायो भने, अछाम–२मा बल बहादुर कुवरको जित निस्चय जस्तै देखिन्छ। साथै उहाँको बिजयसंगै अछाममा राजनीतिक र विकास निर्माणको नयादिशा बदलिन समय लाग्ने छैन।
प्रतिक्रिया जनाउनुहाेस्