अछाम खबर
अछामः अछाम जिल्ला क्षेत्र नं. १ को साँफेबगर नगरपालिका– ७ रिडिकोटमा वि.सं. २०१२ सालमा बुवा स्व.श्री चक्रबहादुर स्वाँर तथा आमा जमुनादेवी स्वाँरको कोखबाट जन्मिएका भरतकुमार स्वाँर प्राथमिक शिक्षा बयालपाटाको महेन्द्र माध्यामिक विद्यालयबाट हासिल गरेका हुन् ।
स्वाँरले डोटी क्याम्पस सिलगढीमा उच्च शिक्षा हासिल गर्ने क्रममा राजनैतिक विचार तथा क्याम्पसबाट बहुदलको पक्षमा आफ्ना आवाजहरु बुलन्द गर्दै २०३१ साल देखी नेपाली राजनितीको अवस्था विश्लेषण तथा नेपालमा भएको निरंकुस राजतन्त्रको खिलापमा आन्दोलनको अग्र मोर्चामा रहि कमाण्ड सम्हाल्दै आएका थिए ।
स्वाँर २०३४ सालमा नेपाली कांग्रेसको राजनितीमा प्रवेश गरी सदस्यता प्राप्त गरी सकृय राजनितीमा लागेका हुन् । २०३४ सालमा प्रदेश कार्य समितीको सदस्य हुदै २०३६ सालमा साँफेबगरमा भएको पञ्न्चायत बिरोधी आन्दोलन तथा अछामको सदरमुकाम बयालपाटाबाट मंगलसेन लैजान लाग्दा ठुलो आन्दोलन भएको थियो ।
सो आन्दोलनको कमाण्ड पनि स्वाँरले नै सम्हालेका थिए । तत्कालिन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईबाट नेपाली कांग्रेसको कृयाशिल सदस्यता प्राप्त गरेका स्वाँर साँफेको आन्दोलनबाट सरकार पक्षको गिरफ्तारीमा परि उच्च शिक्षा हासिल गर्नबाट बञ्चित बने ।
२०३६ सालको आन्दोलनमा बहुदलको पक्षमा सकृय भुमिकामा रहेका स्वाँर २०४२ सालको सत्याग्रहमा सकृय रहि २०४६ सालको जनआन्दोलनमा अछामको नेतृत्वमा रहि कार्य गरेका थिए । भने २०६२÷०६३ को जनआन्दोलनको समेत नेतृत्व गरेका थिए ।
२०३८ साल देखी २०४६ साल सम्म पञ्चायतिय व्यबस्था तथा निरंकुस राजतन्त्रका विरुद्ध आवाज उठाउदै आएका स्वाँरले पटक पटक यातना तथा कठिन जेल सजाय भोग्नु परेको थियो । २०४३ सालमा अछाममा मदिरा निषेधित जिल्ला बनाउनमा पनि स्वाँरको अतुलनिय योगदान रहेको थियो । आन्दोलनको क्रममा स्वाँर बाजुरा तथा अछाम गरी विभिन्न कारागारमा जेल जिवन तथा यातना भोग्नु परेको थियो ।
भरत कुमार स्वार एक प्रतिष्ठीत तथा सामाजिक सेवा भावमा जहिलले सम्रपित हुनुहुन्थ्यो । क्रान्तीकारी स्वभाव तथा परिर्वतनमा विश्वास गर्ने सादा जिवन उच्च बिचारमा अडिक हुने स्वाँरले अछाममा भएका सामाजिक , आर्थिक, भौतिक तथा शैक्षिक परिर्बतनमा आफुलाई सधै अगाडी सारी गरिब दिनदुखीहरुको भावनाको सधै उच्च सम्मान गर्दे आएका छन् ।
२०४६ साल पछिको परिर्वतन पछी २०४९ सालमा जिल्ला बिकास समिती अछामको सभापतिमा निर्वाचित भएका स्वाँरले तत्कालिन समयमा अछामको सर्वार्गिण विकासमा पुर्याएको योगदान अतुलनिय छ । तत्कालिन जिबिस सभापतिको हैसियतले उनले शिक्षा स्वास्थ, खानेपानी, बाटोघाटोमा थुप्रै उदाहरणिय कामबाट प्रसंसित भएका छन् ।
२०५६ सालमा नेपाली काँग्रेस जिल्ला कार्य समितीको सभापति भई नेपाली काँग्रेसको संगठनलाई मजवुत पारेका थिए र पछि २०७२ सालमा पनि नेपाली काँग्रेसको जिल्ला कार्य समिती सभापतीको भएका थिए । २०७४ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधीसभा सदस्य पदको उम्मेदवार भएका स्वाँर नेपालका बाम गठबन्धनमा थोरै मतको फरकमा पराजय भएका थिए ।
स्वाँर जिल्ला विकास समितीको सभापती हुदाँ गरेका महत्वपुर्ण कार्यहरु
१. जनता क्याम्पस बयालपाटा अछामको स्थापना
२. १४८ वटा प्राथमिक तह,नि.मा.बि.तह तथा मा.बि तहका विद्यालयहरुको स्थापना तथा स्तरोन्तरी
३. जिल्लामा सडक रेखांकनको गुरुयोजना निमार्ण तथा सडक निर्माणको सुरुवात
४. लोकसेवा आयोगबाट स्वीकृती लिई एकै पटक ६५० वटा शिक्षकहरुको दरबन्दी गरी स्थायी नियुक्त गरि गुणस्तरीय शिक्षा प्रदानमा सहयोग ।
५. बुढीगंगा कैलास खोला लगाएतका सिंचाई योजना निमार्ण गरि खेतीयोग्य जमिनमा उत्पादनका कार्यहरु गरेको ।
६. ५५ गाबिसमा स्वास्थ चौकी स्थपना गरी घरदैलोमा स्वास्थ सेवा प्रवाह ।
७. कैलास खोला साना जलबिद्युत आयोजना निमाण गरी विद्युत सेवा प्रवाह ।
८.महिला तथा दलित, पिछडिएका वर्गहरुको उत्थानका लागी साक्षरता अभियान संचालन ।
९.बाल अधिकार तथा अछाममा रहेको छाउपडि कुप्रथाका विरुद्धका अभियानहरु ।
१०. ७५ वटै गाबिसहरुमा ७५ जना सहायक प्राविधिकहरुको दरबन्दी तथा ५८५ जनालाई अस्थाई रुपमा रोजगारीको अवस्था सिर्जनामा सहयोग ।
११.महिला हिंसा घरेलु हिंसा तथा महिला अधिकारका क्षेत्रमा सचेतना अभियान सुरु ।
१२. तत्कालीन अवस्थामा फैलिएको एच.आई.भि.एड्सको विरुद्धमा जनचेतना अभियान तथा पिडितहरुको स्वास्थ उपचारमा सहयोग ।
साथै स्वाँरले अछामको धार्मिक, पर्यटन, विकास, बयालपाटा अस्पताल, बुढीगंगा
हाईड्रोपावर,सेती राजमार्ग लगायत अन्य विकासका कार्यमा नेतृत्वदायी भुमिका खेलेका छन् । यहाँका नागरिकले विगतमा आम निर्वाचनमा निर्वाचित भएका वा पराजय व्यहोरेका नेताहरुको जिल्लामा अनुहार देख्न मुश्किल पर्छ । तर हरेक व्यक्ति समुदाय टोलका भेटिने नेता हुन् स्वाँर । वर्षको ३६५ दिनमा ३६० दिन जिल्लामै गाउँमै सहजै भेटिन्छन् स्वाँर ।
(अछाम खबरबाट )


