धनगढी । नेता र नीति हेर्दा सामान्य लाग्छ । सजिलो र सहज देखिन्छ । तर, यसको गहिराई धेरै छ, महत्त्व निकै छ । यसको सीमा अपार छ । यसको स्वाद जति चाख्यो त्यति तितो, जति छोयो त्यति कडा, जति माया गर्यो त्यति दुश्मनी, जति नजिक पुग्यो झन् टाढा । यो राजनीतिको विशेषता हो । राजनीतिमा न दया हुन्छ, न माया, न आफ्नो न पराइ । यो अत्यन्तै निर्दयी हुन्छ । यसलाई सजिलोसँग बुझिदैन । राजनीति हो, विपरितहरुको एकत्व, राज्यको मूल नीति, विविधताको सम्मान र सबै क्षेत्र, वर्ग, समुदायको इच्छा चाहना, आवश्यकताको पहिचान गरि योजना निर्माण र कार्यान्वयन गर्नु नेतृत्व हो र यहि राजनीति हो ।
नेतृत्व लिनु र राजनीति गर्नु गराउनु के सजिलो छ त ? के सबैले सजिलैसँग गर्न सक्छन् त ? जो पनि नेता हुन्छ त ? चुनाव लड्नु, जित्नु र हार्नु यत्तिकैमा नेता भइन्छ त ? कसैलाई नेता बन्ने रहर लाग्दैमा जनताले पत्याइ दिनुपर्ने ? जनताले अत्यन्तै गहिरिएर सोचेर, बुझेर, नापतौल गरेर नेता छान्नुपर्ने हुन्छ । आबेग उत्तेजनामा आएर वा भावनामा बगेर निर्णय गर्नु हुँदैन । प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गते हुँदैछ । अछाम जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा विभिन्न किसिमका उम्मेदवार छन् । ती मध्यको उत्तम र योग्य उम्मेदवारको होलान् ठण्डा दिमागले सोच्नुपर्ने बेला आएको छ । हामी चुनावका लागि चुनावमा सिमित हुनुहुँदैन । हामी अछामी जनताको भाग्य र भविष्य निर्माणको लागि आगामी ५ वर्षको जिम्मेवारी सुम्पिदै छौ । त्यस्तो जिम्मेवारी बहन गर्न सक्ने नेता र नेतृत्वले हाम्रा थुप्रै प्रकारका समस्याहरु संग जुध्नुपर्ने छ । ती समस्याको समाधान गर्ने गराउने, चुनौती र सम्भावनालाई बुझ्ने र त्यसको सामन गरि अवसरमा बदल्न सक्ने पात्र र उम्मेदवार छान्नु छ । जिल्ला र क्षेत्रको समस्या मात्रै हैन आज देश निकै आर्थिक संकटमा छ । संविधान च्यात्तिएको छ । ऐन कानुनहरुको खिल्ली उडाएइको छ । यी सबै कुरालाई मिलाएर देशलाई लयमा फर्काउनु छ । नेपाली जनताको फाटेको मन सिउनुछ । रोएका जनताको आँसु पुछ्नुछ । बाह्य हस्तक्षेप हुन न दिन कुटनैतिक बुद्धिमता चाइएको छ । विदेशीएको छोरा गाउँ फिर्ता गर्नुछ । बाजो जमिन जोत्नुछ । भत्केको घर पोत्नुछ । उजाड गाउँबस्तीलाई हराभरा बनाउनुछ । हाम्रो संस्कार र संस्कृतिको जगेर्ना गर्नुछ । यी र यस्ता कार्य गर्न सबैको हातले हुन्छ, त ? त्यसैले यो बेला अछामी बतदाताहरुले आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै हैन देशकै लागि परिपक्व राजनीतिज्ञ डा. भिम रावललाई मतदान गर्न कन्जुस्याइँ गर्नु हुँदैन । यो अवसर पनि हो । सोचौं, बुझौँ र समिक्षा गरौं । तारा चिन्हमा मतदान गरौं । सुदूरको वर्तमान र भविष्य बझ्ने र बुझाउन सक्ने नेता डा.भिम रावललाई हाम्रो भाग्य र भविष्यको फैसला गर्ने जिम्मेवारी दिऔं । धन्यवाद !


