आसन्न प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा नेकपाको वडा स्तरीय भेला बुढाकोटमा सम्पन्न


पैरवी खबर

अछाम । आसन्न प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीको वडा स्तरीय भेला साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा सम्पन्न भएको छ।

भेलाको अध्यक्षता दिपक कुँवरले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका नेता गोविन्द बहादुर कुँवर रहनुभएको थियो।
भेलामा ध्रुव थापा, सुरेश कुँवर, नर बहादुर कुँवर, रामप्यारी कुँवर अर्जुन कुँवरको उपस्थिति रहेको थियो।

कार्यक्रममा आसन्न निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र परिचालनका विषयमा छलफल गरिएको थियो।
भेलाले नर बहादुर कुँवरको अध्यक्षतामा ५1 सदस्यीय वडा स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
कमिटीको सह–संयोजकमा रामप्यारी कुँवर, सचिवमा अर्जुन कुँवर र सदस्यमा ध्रुव थापा लगायत अन्य सदस्यहरू रहेका छन्।

त्यसैगरी, अर्जुन कुँवरको संयोजकत्वमा निर्वाचन युवा परिचालन समिति र रामप्यारी कुँवरको संयोजकत्वमा निर्वाचन महिला प्रतिनिधि सञ्चालन तथा परिचालन समिति गठन गरिएको छ।

भेलाले नगर स्तरीय निर्वाचन परिचालन कमिटीमा वडाबाट चन्द्र परियारसहित पाँच जनालाई प्रतिनिधिका रूपमा पठाउने निर्णय समेत गरेको छ।
भेला सफलतापूर्वक सम्पन्न भएको भन्दै पार्टी नेतृत्वले आगामी निर्वाचनमा संगठनात्मक रूपमा मजबुत भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।