अछाम – ढकारी गाउँपालिका वडा न २ का मतादाताहरुले नेकपा एमालेका उमेदवार यज्ञबहादुर बोगटीलाई मतदान गर्न आतुर रहेको बताएका छन । उमेदवार बोगटी प्रचारको क्रममा वडाका विभिन्न टोलमा पुग्दा उक्त वडाका नागरिकहरुले उमेदवार समक्षा यो कुरा बताएका हुन । निकै उत्साहका साथ उमेदवार बोगटीलाई स्वागत गर्न पुगेका स्थानीयहरुले यसपाली एमालेको जित निश्चित रहेको बताएका थिए । गाउँमा एमालेको माहोल निकै राम्रो छ अरुभन्दा बोगटीले सांसद भएका बेला राम्रो कामपनी गरेको भन्दै उनीहरुले पसन एक पटक जिताएर ढकारी जस्ता विकट बस्तीमा रहेको गरिबी र पछौटेपनको अन्त्य गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
स्वागत कार्यक्रममा सहभागि स्थानीय नेताहरुले चुनावको व्यापक रुपमा प्रचार प्रसार गरिएको र वडाका टोल टोलमा चुनाव केन्द्रित कार्यक्रम संचालन गरिने जानकारी गराएका थिए । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका उमेदवार बोगटीले उच्च मनोवलका साथ चुनावी तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । यसपटक एमालेको जितलाई कसैले रोक्न नसक्ने भन्दै उहाले अरुका झुटा प्रचारको पछी नलाग्न अनुरोध गर्नुभएको छ ।
मंगलसेनको वडा न १, २ र १३ का विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेर ढकारी गाउँपालिका हिडेको टोलीमा एमाले प्रदेश कमीटी सदस्य हेमा शाही, एमाले अछामका पुर्व अध्यक्ष चन्द्र बहादुर बोहरा, पुर्व सचिव भिम रावल कालोटोपी, जिल्ला उपसचिव टोप बहादुर शाही, एमाले जिल्ला कमीटी सचिवालय सदस्य लिलाराज केसी, जिल्ला कमीटी सदस्य मायादेवी बुढा, चन्द्र साउद, युवा नेता बमबहादुर शाही लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा ढकारी ३ का नेपाली काग्रेसका युवा नेता तेज बहादुर बुढा एमालेमा प्रवेश हुनुभएको प्रेस चौतारी अछामका अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिनुभएको छ ।


