अछाम क्षेत्र नं.१ मा एमाले उम्मेदवार दीपक साउँदको सम्पर्क कार्यालय स्थापना


पैरवी खबर

नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार क. दीपक बहादुर साउँदको सम्पर्क कार्यालय उद्घाटन

साँफेबगर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का
प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार क. दीपक बहादुर साउँदको सम्पर्क कार्यालय साँफेबगरमा स्थापना गरिएको छ।

पार्टीको चुनावी अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको उक्त सम्पर्क कार्यालयमार्फत मतदाता भेटघाट, संगठन सुदृढीकरण तथा निर्वाचनसम्बन्धी गतिविधिहरू सञ्चालनका लागि सम्पर्क कार्यालयको स्थापना गरिएको हो ।

सम्पर्क कार्यालय स्थापना भएपछि अछाम क्षेत्र नं. १ मा एमालेको चुनावी गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।
आगामी दिनमा विभिन्न राजनीतिक कार्यक्रम तथा चुनावी गतिविधिहरू यहीँबाट सञ्चालन गरिने बताइएको छ।