नेपाली कम्युनिष्ट पार्टी अछामको बैठक सम्पन्न, निर्वाचन परिचालनमा जोड-Pairabi Khabar


पैरवी खबर

अछाम – नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति अछामको बैठक सम्पन्न भएको छ ।
प्रकाश शाहको अध्यक्षतामा सम्पन्न भएको बैठकका प्रमुख अतिथि पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावल रहनुभएको थियो।

बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकबाट नेता तथा पूर्व मन्त्री शेरबहादुर कुँवरको संयोजकत्वमा ५०१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ।

त्यसैगरी, आगामी १२ गतेभित्र निर्वाचन क्षेत्र, पालिका तथा वडा स्तरीय निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन दिने निर्णय गरिएको छ। बैठकमा सहभागी नेताहरूले निर्वाचनमा उत्साहजनक तयारीसहित अछामका दुवै निर्वाचन क्षेत्र जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकले संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा चुनावी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।
जयन्ती बोगटीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पहल साउदले गर्नुभएको थियो।