नेपाली काँग्रेसका क्षेत्रीय सदस्य शाही एमालेका प्रवेश


पैरवी खबर

अछाम – नेपाली काँग्रेसका युवा नेता वीरेन्द्रबहादुर शाही नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेपाली काग्रेसका क्षेत्रीय सदस्य समेत रहनु भएका शाहीले मंगलबार सामाजिक संजालमा स्टाटस लेख्दै आजका मितिबाट आफुले नेपाली काँग्रेस परित्याग गरेर नेकपा एमालेका प्रवेश गरेको जानकारी गराउनु भएको छ । अछाम अछामको ढकारी गाउँपालिका वडा न ३ निवासी शाही विगत लामो समयदेखी नेपाली काग्रेसको सकृय राजनिति गर्दै आउनुभएको थियो । नेपाली काँग्रेस भित्रको आन्तरिक किचलो, टिकट वितरण गर्ने शैली र पछिल्लो समयको लुछाचुडी आफुलाई ठिक नलागेको भन्दै शाहीले आजका मितिबाट आफुले काँग्रेस छोडेको जानकारी गाराउनुभएको छ । राष्ट्र राष्ट्रियतका सवालमा यो मुलुकमा एमाले बाहेक अन्य दल नदेखेको भन्दै शाहीले अबको राजनीति नेकपा एमालेबाट गर्ने र यसपालीको निर्वाचनमा पनि नेकपा एमालेका उमेदवारलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । उहाँका बुवा अमर बहादुर शाही लामो समय सम्म नेपाली काग्रेसको वडा भापतिको रुपमा काम गर्नुभएको थियो ।