अछाम–मेरो माइक्रो फाइनान्स शाखा कार्यालय साँफेबगर अछामद्वारा चम्पादेवी लुहारलाई काजकिरिया राहत स्वरुप रु २१ हजार हस्तान्तरण गरिएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवी स्थित सहनशीलता महिला केन्द्र अन्तर्गत केन्द्र नं. १३ झकालेकी सदस्य चम्पादेवी लुहारलाई काजकिरिया राहत स्वरुप रु. २१ हजार हस्तान्तरण गरिएको हो ।
उहाँका श्रीमान मोहन बहादुर लुहारको २०८२ असार १५ गते निधन भएपछि केन्द्रको निर्णय अनुसार सदस्य चम्चा देवी लुहारलाई काजकिरिया राहतस्वरूप रु. २१ हजार राहत स्वरुप सहयोग उपलब्ध गराइएको हो ।
श्रीमान् मोहन बहादुर लुहारले २०७३ साल असार २९ गतेदेखि केन्द्रमार्फत बचत तथा कर्जा कारोबार गर्दै आउनुभएको थियो।
सदस्य लुहारले लिएको रु. १ लाख २० हजार कर्जा कारोबार पूर्ण रूपमा मिनाहा गरिएको शाखाका प्रबन्धक मक्र कुँवरले जानकारी दिनुभयो ।
मेरो माइक्रोफाइनान्सले दुःखद घडीमा सदस्यलाई आर्थिक राहत प्रदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ ।
आफुलाई राहत प्रदान गरेकोमा सदस्य चम्पाले माइक्रोफाइनान्स लाई धन्यवाद समेत दिएकी छन ।


