तुर्माखाँद ६ रानीवनको प्रशासनिक भवनको उद्घाटन


पैरवी खबर

अछाम : अछामको तुर्माखाँद गाउँपालिका वडा न ६ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक भव्य कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले भवनको उदघाटन गर्नुभएको हो । कुल लागत १ करोड १२ लाख ५७ हजार ५३८ रूपैयाँ र सम्झौता रकम ६३ लाख ३९ हजार  ३७७ मा प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको हो । यसभन्दा अघि भाडाको घरमा सेवा प्रवाह गर्दै आएको वडा कार्यालयले शुक्रबार बाट दुईतले भवन बाट सेवा प्रवाह गर्न थालेको छ । वडा अध्यक्ष टीकाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष  बिसीले वडा कार्यालयको प्रशासनिक भवन बाट नागरिकको मन जित्नेगरि सेवा प्रवाह गर्न सुझाव दिनुभएको छ । पालिकामा रहेका अधिकांश वडाको प्रशासनिक भवनहरू निर्माण कार्य सम्पन्न भएको बताउदै बाकी वडाको पनि निर्माण कार्य जारी रहने बताउनुभयो ।
कार्यक्रममा वडा न ८ का अध्यक्ष निरक बहादुर शाही, नेपाली काग्रेसका पूर्ण प्रसाद उपाध्याय, एमालेका निर्मला धमाला,  अमर न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका जनक न्यौपाने ,तपेन्द्र शाही , कार्य पालिका सदस्य सुनीता शाही , पुर्व वडा अध्यक्ष मुक्तिनाथ उपाध्याय, पुर्व गाविस अध्यक्ष ध्वज बहादुर साउद लगायत स्थानीय सरोकारवालाको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन जिबन राज न्यौपानेले गर्नुभएको थियोे । प्रशासनिक भवनको निर्माण व्यवसायी भिम बहादुर शाहीले समयमै निर्माण कार्य सम्पन्न गरेपछि स्थानीय खुसी भएका छन  ।