अछाम – नेपाली कम्युनिस्ट पार्टीले अछाम निर्वाचन क्षेत्र नं.१ वाट डा. भीम रावललाई सिफारिस गरेको छ । आज सदरमुकाम मंगलसैनमा बसेको बैठकपछि प्रत्यक्षतर्फ डा. रावल सहित पाँच जनाको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी नेता कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।त्यस्तै डा. रावल सहित कुलबहादुर कुँवर, लोक वहादुर वोहरा ज्वाला, महिला तर्फ निर्मला साउद, युवावाट चन्द्र भण्डारीको नाम सिफारिस गरिएको छ ।डा. रावलले नेकपा एमालले कार्वाही पछि मातृभूमि जागरण अभियान सञ्चालन गर्नुभएको थियो । तत्कालिन माओवादी र समाजवादी पार्टीविच एकिकरण सँगै डा. रावलले मातृभूमि जागरण अभियानलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गर्नुभएको थियो ।पूर्व उपप्रधानमन्त्री डा. रावलले अछाम निर्वाचन क्षेत्र नं.१ वाट २०५१, २०७० र २०७४ सालमा निर्वाचिन हुनु भएको थियो ।
२०७९ सालमा अछाम निर्वाचन क्षेत्र नं.१ वाट एकल सिफारिस गरेपनि उहाँले केपी शर्मा ओलिले टिकर नदिएर झपट वोहरालाई टिकट दिनुभएको थियो ।अघिल्लो निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं.१ वाट तत्कालिन एकिकृत समाजवादीका नेता शेरबहादुर कुँवरले जित्नु भएको थियो । अछाम निर्वाचन क्षेत्र नं.१ वाट २०६४ सालदेखि कम्युनिष्ट पार्टीले जित्दै आएको छ।
baiddhanath khabar bata .


