साँफेबगर : नेपाल शिक्षक संघ नगर कार्य समिति, साँफेबगर, अछामले साँफेबगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
साँफेबगर नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरूमा कार्यरत नगर शिक्षक, बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूले बिगत साउन महिना देखि हाल सम्मको स्थानीय तहबाट उपलब्ध हुनुपर्ने तलब भत्ता रकम निकासा नभएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । 


