साँफेबगर : समविकास नेपाल अछामको नँया कार्य समिति चयन भएको छ । दुधकला बिष्टको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । संस्थाको १४ औँ वार्षिक साधारणको सभाको बन्दसत्रबाट विष्टको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति गठन गरिएको हो।
जसको उपाध्यक्षमा रुपा नेपाली, सचिवमा जानकी बोहरा, कोषाध्यक्षमा सत्य स्वाँर, सदस्यमा बसन्ति बोहरा, भगवती लुहार र किथ्थि टमट्टा रहेका छ्न ।
साथै साधारण सभामा प्रशासन तथा लेखा प्रमुख बम रावल र सामाजिक मनोविमर्शकर्ता पशुपति कुमारी साउद कार्य सम्पादन र मुल्यांकनको आधारमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन ।


