राखेप पूर्व कार्यकारी सदस्य कुँवरद्वारा स्व . दिनेश बाब्लीको परिवारलाई आर्थिक सहयोग


पैरवी खबर

साँफेबगर – राष्ट्रिय खेलकुद परिषदका पूर्व कार्यकारी सदस्य एवं नेपाल एडभेन्चर रनिङ फेडरेशनका अध्यक्ष एकेन्द्र कुँवरले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई आर्थिक सहयोग गरेका छन ।
साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोट जन्मनुभइ हाल काठमाडौ बस्दै आउनु भएका कुँवरले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रु .५ हजार आर्थिक सहयोग गरेका हुन ।

कुँवरले यो भन्दा अगाडी पनि यस्ता परोपकारका कार्यहरु गर्दै आउनु भएको छ । उहाँले यस अघि अस्पतालमा , विरामी, दुखी , गरिब र विद्यालयहरुमा सहयोग गर्दै आउनु भएको थियो ।

स्वर्गीय बाब्लीको यहि अघिल्लो असोज महिनाको ८ गते सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो । उहाँ साँफेबगर नगरपालिका १२ खप्तडमा सहजकर्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।