मेल्लेख गाउँपालिकामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था सम्मानित


पैरवी खबर

अछाम – अछामकाे मेल्लेख गाउँपालिकाका उत्कृष्ट काम गर्ने स्वस्थ्य संस्था सम्मानित भएका छन । मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८१/०८२ काे सम्पादित स्वास्थ्य कार्यक्रमहरुकाे पालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रममा कार्य सम्पादनमा प्रथम भएकाे ऋषिदह स्वास्थ्य चाैकी, दाेस्राे भएकाे डाडाश्री आधारभूत स्वास्थ्य सेवा केन्द्र र तेस्राे भएकाे हात्तीकाेट स्वास्थ्य चाैकीलाई सम्मान गरिएको हाे ।

यस्तै ग्रामीण अल्ट्रासाउन्ड तथा सामुहिक गर्भ स्याहार मार्फत गर्भवती महिला तथा नवजात शिशुको ज्यान जाेगाउन ठुलाे मद्दत पुर्याएकाे भन्दै मेल्लेख स्वास्थ्य चाैकिमा कार्यरत रमिता थापालाई सम्मान गरिएकाे छ ।

असाेज २८ र २९ गरी २ दिनसम्म चलेकाे समिक्षा कार्यक्रममा मेल्लेख गाउपालिका भित्रका स्वास्थ्य संस्थाहरुको प्रगतिको तुलनात्मक विश्लेषण गरिएकाे छ भने गत आर्थिक बर्षमा पहिचान भएका समस्याहरूको प्रगतिको विष्लेषण, कार्यक्रमबाट भएका उपलब्धीहरू र देखिएका समस्याहरू पहिचान गरी सुधार गर्नु पर्ने पक्षहरु तथा विशेष गरी महिला तथा बञ्चितीमा परेका समुदायहरुलाई उपलब्ध स्वास्थ्य सेवाको उपभोगको अवस्था, उनीहरूले सेवा उपभोग गर्न भोग्नु परेका बाधा अवरोधहरु पत्तालगाई सम्बोधनका लागि रणनीति तयार समेत गरिने भएकाे छ ।

मेल्लेख गाउपालिका वडा नम्बर ६ षाेडशादेवीका अध्यक्ष तिलक बहादुर कडायतकाे अध्यक्ष्यतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि साउदले गत आर्थिक बर्षमा पहिचान भएका समस्याहरूमा प्रगति भएकाेमा खुसी ब्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरू पहिचान गरी सुधार गर्नु पर्ने पक्षहरुलाई प्राथमिकतामा राखेर पालिकाले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, स्वास्थ्यकर्मी संघ संस्थाका प्रतिनिधि र सराेकारवालाकाे सहभागीता रहेकाे थियाे। स्वागत तथा कार्यक्रमकाे उदेश्य बारे स्वास्थ्य शाखा प्रमुख बीरबहादुर ठकुल्लाले प्रस्तुति राख्नुभएको थियाे भने सञ्चालन स्वास्थ शाखाका नृप बुढाले गर्नुभएको थियाे ।
nidhopatra bata .