साँफेबगर – खेमराज ताम्राकारले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई आर्थिक सहयोग गरेका छन ।
साँफेबगर नगरपालिका वडा नम्बर ४ मस्टामाण्डौ घर भइ हाल कामको सिलसिलामा रोमानिया बस्दै आउनु भएका खेमराज ताम्राकार र उहाँको श्रीमती सावित्री ताम्राकारले स्वर्गीय दिनेश बाब्लीको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले रु .५ हजार आर्थिक सहयोग गरेका हुन ।
स्वर्गीय बाब्लीको यहि असोज ८ गते सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो । उहाँ साँफेबगर नगरपालिका १२ खप्तडमा सहजकर्ताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।