साँफेबगरमा च्याम्पियन्स ट्रफी खुला क्रीकेट प्रतियोगिताको उदघाटन


पैरवी खबर

साँफेबगर – स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ खुला क्रीकेट प्रतियोगिताको उदघाटन भएको छ ।
साँफेबगर युवा युनाइटेड क्लब साँफेबगर अछामको आयोजनामा रिडिकोट बडासैन खेलमैदान अछाममा च्याम्पियन्स ट्रफी खुला क्रीकेट प्रतियोगिताको उदघाटन गरिएको हो ।
क्रीकेट प्रतियोगितामा २६ वटा टीमको सहभागिता रहेको छ ।
साँफेबगर युवा युनाइटेड क्लब साँफेबगरका अध्यक्ष राज कुँवरको अध्यक्षतामा भएको क्रीकेट प्रतियोगिता उदघाटन कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो भने उप प्रमुख शिव बहादुर कुँवर विशिस्ट अतिथि रहनुभएको थियो । जनप्रतिनिधि र समाजसेवीको समेत सहभागिता रहेको थियो ।
युवा क्लबका सदस्य जितेन्द्र कुँवरले स्वागत मन्तव्य राख्नु भएको उदघाटन कार्यक्रमको संचालन क्लबका सदस्य राजेन्द्र कोलीले गर्नुभएको थियो ।