साँफेबगर – सामाजिक हानिकारक मुल्य मान्यता विरुद्ध सामाजिक अभियानता र धार्मिक गुरुहरुसंग अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।
KOICA UNFPA को आर्थिक सहयोग , Good Neighbours Nepal को प्राविधिक सहयोग र सेबक नेपालद्वारा संचालित सेफ गर्ल परियोजना अन्तरगत सम्पन्न अन्तरक्रिया कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा धर्मको आडमा गरिने वा अपनाइने मुल्य मान्यताले गर्दा महिला तथा किशोरीहरु निर्णय लिन सक्ने स्थानमा नपुग्ने , निर्णय प्रक्रियामा उनीहरुको पहुँच नपुग्नु , वा नहुनु , लगायतका विषयमा गम्भीर छलफल गरिनुका साथै यौन तथा प्रजनन स्वास्थ्यमा स्वयं आफ्नै अधिकार नहुनुले पनि मानसिक स्वास्थ्यमा परेको प्रभावलाई न्यूनीकरण गर्दै उनीहरुलाई सकारात्मक ढंगले अघि बढाउनुपर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
सेबक नेपालका वरिष्ठ उपाध्यक्ष गणेश कुँवरको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ५ नवाठानाका वडा अध्यक्ष मक्कर बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।
गैरसरकारी संस्था महासंघ अछामका ढकेन्द्र बहादुर कुँवर , विश्व हिन्दु युवा संघ केन्द्रीय सदस्य एकेन्द्र भुल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
GNI प्रतिनिधि जगदीश दासले मर्यादित महिनावारीको विषयमा सहजीकरण गर्नुभएको थियो भने सेफ गर्ल परियोजनाका कर्मचारी महेश दिताङ्गले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
साँफेबगर – सामाजिक हानिकारक मुल्य मान्यता विरुद्ध सामाजिक अभियानता र धार्मिक गुरुहरुसंग अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।
KOICA UNFPA को आर्थिक सहयोग , Good Neighbours Nepal को प्राविधिक सहयोग र सेबक नेपालद्वारा संचालित सेफ गर्ल परियोजना अन्तरगत सम्पन्न अन्तरक्रिया कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा धर्मको आडमा गरिने वा अपनाइने मुल्य मान्यताले गर्दा महिला तथा किशोरीहरु निर्णय लिन सक्ने स्थानमा नपुग्ने , निर्णय प्रक्रियामा उनीहरुको पहुँच नपुग्नु , वा नहुनु , लगायतका विषयमा गम्भीर छलफल गरिनुका साथै यौन तथा प्रजनन स्वास्थ्यमा स्वयं आफ्नै अधिकार नहुनुले पनि मानसिक स्वास्थ्यमा परेको प्रभावलाई न्यूनीकरण गर्दै उनीहरुलाई सकारात्मक ढंगले अघि बढाउनुपर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
सेबक नेपालका वरिष्ठ उपाध्यक्ष गणेश कुँवरको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ५ नवाठानाका वडा अध्यक्ष मक्कर बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।
गैरसरकारी संस्था महासंघ अछामका ढकेन्द्र बहादुर कुँवर , विश्व हिन्दु युवा संघ केन्द्रीय सदस्य एकेन्द्र भुल लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
GNI प्रतिनिधि जगदीश दासले मर्यादित महिनावारीको विषयमा सहजीकरण गर्नुभएको थियो भने सेफ गर्ल परियोजनाका कर्मचारी महेश हिताङ्गले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।