बाजुरामा पत्रकार रमिता विश्वकर्मालाई पादुका मन्दिरमा गरियो जातीय विभेद


पैरवी खबर


‎साँफेबगर – पत्रकार रमिता विश्वकर्मा लगायत अन्य दलित महिलाहरुलाई पादुका मन्दिरमा जातीय विभेद गरिएको छ ।
‎बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकाको मध्य बिन्दुमा रहेको पबित्र धार्मिकस्थल पादुका मन्दिरमा तीजको पुजा गर्न गएकी पत्रकार रमिता विश्वकर्मा  र  उनको साथमा पुजागर्न गएका महिलामाथि त्यहाँका पुजारी मस्ती प्रसाद उपाध्यायले  छुवाछूत गरेका हुन ।
‎पत्रकार  रमिता बिश्वकर्माका अनुसार पण्डितले तिमिहरुले मन्दिरमा लाग्न मिल्दैन, तिमिहरुलाई बाहिरै टीका लगाउनु पर्छ भन्दै मन्दिर पस्नमा रोक लगाएको बताएकी छन्  । पुजा थाप्न गएकी अन्य दलित महिलाहरु टीका समेत नपाएर निराश भएर मन्दिरबाट घर फर्किनु परेको उनले बताइन् ।
‎सार्वजनिक ठाउँमा बिभेद गर्न पाईदैन,  विभेद गर्ने पण्डितलाई तत्काल प्रकाउ गरि कानुन बमोजिम कारबाहीका लागि उनले माग गरेकी छन ।