-बलराम उपाध्याय
लोकतन्त्र – जनता ले जनताको लागि जनता द्वारा गरिने शाशन ब्यबस्था नै लोकतन्त्र हो- (अब्राहम लिन्कन)लोक तन्त्र भनेको त्यो हो जहाँ बहुमत को निर्णय र अल्पमत को सम्मान गरिन्छ। लोकतन्त्र ले विभिन्न बिचार धाराहरु लाई सम्मान र स्वीकृति दिन्छ।यो नै लोकतन्त्र हो।संसारमै उन्नत ब्यवस्था भनेर परिभाषित लोकतन्त्र आफै मा निर्बिवाद छ।स्वयं सिद्ध छ,लोकप्रिय छ र कर्ण प्रिय छ।ब्यबस्था लोकतन्त्र ,गणतन्त्र ,प्रजातन्त्र होस् या राजतन्त्र ,निरंकुशतन्त्र यसका आ- आफ्ना विशेषता हुन्छन् ।आजको बिज्ञान र प्रबिधि को युगमा जवकी विश्वब्यापिकरण ले ब्रह्माण्ड मा अस्तित्व मा रहेको प्राणी लाई यति नजिक बाट चिन्ने,बुझ्ने ,एकाकार हुने स्थिति बन्यो नि यसले पनि लोकतान्त्रिक ब्यबस्थालाई मलजल गर्दै हुर्किने र फक्रीने वातावरण बन्दै गयो।।हिजो आज जुन ब्यबस्था अवलम्बन गर्दै आएको भए पनि सबै देशको अनिवार्य र सर्बस्विकार्य ब्यबस्था नै लोकतान्त्रिक ब्यबस्था हो। यश मा विवाद छैन। तर ब्यबस्था मात्रै राम्रो भएर हुदैन।यसलाई संचालन गर्न सक्षम नेतृत्व र सहि संरचना आवस्यक हुन्छन। नयाँ गाडी दुर्घटना हुदैन भन्न मिल्दैन ।गाडी नयाँ भएर हुदैन यसको इन्जिन के कस्तो छ,पाट पुर्जा हरु के कस्तो छन् ।बाटो कोअवस्था के कस्तो छ, अझ यो भन्दा महत्त्वपूर्ण पक्ष ड्राइभर कस्तो छ भन्ने कुरा हो।यी बहुपक्षीय संयोजन र सक्षम ड्राइभर ले गाडी मा सवार यात्रीलाई गन्तव्यमा पुर्याउछ।अन्यथा जे पनि हुनसक्छ ।
लोकतान्त्रिक ब्यबस्थाका बहु आयाम हुन्छन।यी सबै आयाम वा संरचना बलियो बनाउदै लिएर जाने सक्षम नेतृत्व भयो भने यस प्रती जनबिस्वास अभिबृद्दी हुँदै जान्छ र ब्यबस्था बलियो हुन्छ।
लोकतान्त्रिक ब्यबस्थामा राजनीतिक दल हरु निर्णायक र मुख्य भुमिका मा हुन्छन् ।राजनीति क दलहरू देश र जनता प्रती जवाफदेही र उत्तरदायी हुँदा यो ब्यबस्था बहिलो हुन्छ। दल हरु गैरजिम्मेवार र स्वइच्छाचारी हुँदा कमजोर हुन्छ। यो कुनै वाद वा दर्शनका आधार मा भन्दा पनि देश समय परिस्थिति अनुसार सृजित हुन्छ। देशमा भएका राज्यको अंगहरु र दल हरु को आन्तरिक कमिटीहरु मा लोकतान्त्रिक अभ्यास गरियो कि गरिएन अर्थात गर्न दिइयो कि तिइएन यो मुख्य कुरा हुन्छ।विविध बिचार र भिन्न मत को कदर गर्दै लोकतान्त्रिक आचरण अवलम्बन भए भएनन् यो महत्त्वपूर्ण कुरा हो।यसमा बढी जोड दिनुपर्ने हुन्छ। बहुमत हुदैमा मनोमानी गर्ने भिन्न मत र बिचार लाई दमन गर्ने निति लिने कार्य लोकतान्त्रिक मुल्य र मान्यता बिपरित हुन्छन् जसले लोक तन्त्र जहिल्यै खतरामा पर्न सक्छ।
नेपाल को संविधान ले कल्पना गरेको समाजवाद लोकतन्त्र कै उच्चतम रुप हो। कल्पना समाज वाद को गर्ने गतिविधि अलोकतान्त्रिक गर्ने निरंकुशलता र स्वैच्छिचारी हुने यसले लोकतन्त्र लाई बलियो भन्दा पनि कमजोर बनाउछ।
नेपाल का ठुला भनिएका दल हरु हुन् या अन्य दल यिनिहरु भित्र आन्तरिक लोकतन्त्र छ कि छैन? समग्रमा हेर्दा ठुला हुन् या साना कसैले पनि लोकतान्त्रीकरण हुन चाहेको देखिन्न र छैनन् पनि ।चाहे राजकीय सत्ताको नेतृत्व गर्दा होस् या पार्टीको नेतृत्व गर्दा होस् आफुलाइ र आफ्नो पदलाई केन्द्र मा राखेर गतिविधि गर्ने गरेको देखिन्छ। राज्यको सबै निकाए हरु लाई दलियकरण गर्ने र अधिनस्थ बनाउने। पार्टीको आन्तरिक कमिटी र तिनको नेतृत्व लोकतान्त्रिक विधि बाट चयन न गरि निगाह र कृपाले प्रदान गर्ने।यस्ता गतिविधि नेपाल को राजनीति मा पछिल्लोपटक जो देखिदैछन यी लोकतन्त्र को विपक्ष मा छन् ।यस्ता गतिविधि ले लोकतन्त्र लाई सुदृढीकरण गर्न सकिँदैन।बरु धमिलो पानी मा माछा मार्न चाहने तत्वहरुलाइ फाइदा पुग्छ। अरुलाइ दोष दिएर आफू पानी माथी को ओभानो बन्ने प्रवृत्ति हाबी भएको छ।यसले नै हो दल हरु लाई भ्रस्टिकरण र क्षयिकरण गर्ने।जब यो ब्यबस्थाका पक्षपाती दल हरु कम जोर हुन्छन् तब लोकतन्त्र कमजोर हुन्छ। दल हरु मा निरंकुशता हाबी हुनु,स्वइच्छाचारिता बढ्नु बिभाजन हुनु भनेकै लोकतन्त्र कम जोर हुनु हो। भरखर बामे सर्दै गरेको नेपाल को लोकतन्त्र दल हरु भित्र देखिएको अलोकतान्त्रिक चरित्रको कारण कमजोर बन्दै छ। यश मा गम्भीरता को साथ निर्मम समिक्षा दल भित्र र बाहिर हुन जरुरी छ। जस ले लोकतान्त्रिक ब्यबस्था बजबुत हुने छ ।यसको लागि राजनीतिक दल हर बढी जिम्मेवार हुनुपर्छ । यहि किसिमका गतिविधि भए गरिए यिनै दल हरु को कारण लोकतन्त्र खतरामा पर्न सक्छ।


