मनसुनजन्य विपद्को उद्धार सम्बन्धी डेमोस्ट्रेसन अभ्यास


पैरवी खबर

एकेन्द्र महता
अछाम – नेपाली सेनाले अछामको साँफेबगरमा मनसुन जन्य विपद्को उद्धार सम्बन्धी डेमोस्ट्रेसन अभ्यास गरेको छ । बाढी, पहिरो जास्ता विपद्हरुबाट बच्ने तरिका र भिरबाट लड्दा उद्धार गर्ने देखि नदीले बगाउँदा उद्धार गर्ने तरिका सिकाएर नेपाली सेनाले मनसुन जन्य विपदको उद्धार सम्बन्धी डेमोस्ट्रेसन अभ्यास गरेको हो ।
गोरख बक्स गण मंगलसेन व्यारेक र साँफेबगर नगरपालिकाको संयुक्त आयोजनामा गरिएको मनसुन जन्य विपदको उद्धार सम्बन्धी डेमोस्ट्रेसन अभ्यासमा बाढी, पहिरो र भिरबाट लड्दा उद्धार गर्ने देखि नदीले बगाउँदा उद्धार गर्ने तरिका सिकाएर स्थानीयलाई व्यवहारिक रुपमा ज्ञान दिईएको छ ।
जहाँ बाढीले मानिस बगाउँदा, पहिरोमा पर्दा गरिने उद्धारका तरिकाहरु पनि सिकाईएको थियो । नेपाली सेनाको अभ्यास मनसुन–५ नामक तालिम प्राप्त समुहले भिर तथा खोचमा अड्किएकाहरुलाई डोरीको माध्यमबाट कसरी उद्धार गर्न सकिन्छ भन्ने बारे समेत कृतिम अभ्यास गरेर देखाएको थियो ।
यस्तै मनसुन जन्य विपदको उद्धार सम्बन्धी डेमोस्ट्रेसन अभ्यासमा अस्ट्रेलि· ¥याप्लि·को सहयताले उद्धार गर्ने कार्य, हाईलाईन रेस्क्यू सम्बन्धी डेमोस्ट्रेसन, पहिरोबाट खोचमा परको घाईतेको उद्धार कार्य र पाटर रेस्क्यूको डेमोस्ट्रेसन प्रदशर्न गरिएको थियो ।
गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीका अनुसार मनसुनजन्य विपद, बाढी पहिरो बारे सचेतना विस्तार गर्ने उद्धेश्यले सुरु गरिएको यो अभियान अन्तर्रगत अहिलेसम्म जिल्लाका दशवटै स्थानीय तहमा यो अभ्यास गरिएको छ ।
साँफेबगरमा शुक्रबार करिब सात सय बढीको संख्यामा सहभागी स्थानीयले सेनाको कृतिम अभ्यासलाई चाँसोका साथ अवलोकन गरेका थिए । सर्वसाधारणले महत्वका साथ अवलोकन गरेको देखेर साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख शिव बहादुर कुँवर सिलोजले यो अभ्यासले सामान्य मानिसलाई समेत ज्ञान प्राप्त भएको बताउनु भयो । जसले विपद्बाट हुने क्षति घटाउन सकिने उहाँको विश्वास रहेको छ ।
जुनसुकै खालका विपद् आई पर्दा स्वयम व्यक्ति कसरी सुरक्षित हुने भन्ने चेतना अभावका बेला यो अभ्यासले सर्तक बनाएको उहाँले बताउनु भयो । कार्यबाहक नगर प्रमुख कुँवरले यस्ता अभ्यासले ठुलो उपलब्धि हासिल गर्ने बताउनु भयो । अहिले मानिसहरु व्यवहारिक ज्ञान खोजि रहेका बेला यस्तै अभियान प्रभावकारी हुने उहाँको बुझाई रहेको छ । सेनानी अमृत खड्काको कमाण्डमा खटिएको गोरख बक्स गणको अभ्यास मनसुन–५ नामक ३० जनाको तालिम प्राप्त समुह, सशस्त्र प्रहरी बल ४९ गुल्मका सशस्त्र प्रहरी निरिक्षक हंशराज जोशीको कमाण्डमा २० जना र नेपाल प्रहरीका १० जनाको समुहले कृतिम घटना अभ्यास गराएको थियो । मनसुन जन्य विपदको उद्धार सम्बन्धी डेमोस्ट्रेसन अभ्यास प्रदर्शनमा जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला अस्पताल, बयालपाटा अस्पताल र नेपाल रेडक्रस सोसाईटीको पनि सहकार्य रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी आनन्द सारुको अध्यक्षतमा भएको मनसुन जन्य विपदको उद्धार सम्बन्धी डेमोस्ट्रेसन अभ्यास प्रदशर्न कार्यक्रममा मंगलसैन नगरपालिकाका उपप्रमुख संगिता सोडारी, तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष विमला शाही, ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला शाही, जिल्ला प्रहरी कार्यलय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक ईश्वरी प्रसाद भण्डारी, सशस्त्र प्रहरी बल नेपाल नं. ४९ गुल्म हेडक्वाटर खप्तड अछामका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक नर बहादुर शाही, राष्ट्रिय अनुसन्धान कार्यालयका दिल बहादुर चौधरी लगाएत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
मनसुन जन्य विपदको उद्धार सम्बन्धी डेमोस्ट्रेसन अभ्यास कार्यक्रमको संचालन नेपाली सेनाका जमदार सुवर्ण खड्काले गर्नु भएको थियो ।