साँफेबगर नगरपालिकाले गर्यो देविस्थान र घुघुरकोटका विद्यालयको अनुगमन


पैरवी खबर

साँफेबगर – साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान र १० नम्बर वडा घुघुरकोट विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ ।

यहि १८ गते बुढाकोट र पातलकोटका विभिन्न विद्यालयहरु बाट सुरु गरिएको विद्यालय अनुगमन २७ गते मंगलबार देविस्थानको सरस्वती आधारभूत विद्यालय देउलीखाद , हंशवाहिनी मावि , कालिका आधारभूत विद्यालय भिर्कुमा अनुगमन गरिएको छ ।
घुघुरकोटको बेतालमाण्डौ मावि र त्रिपूरा सुन्दरी आधारभूत विद्यालय कोटवाडामा अनुगमन गरिएको हो ।
देविस्थान र घुघुरकोटमा अनुगमन गर्न छुटेका विद्यालयहरुमा दोस्रो दिन समय मिलाएर अनुगमन गरिने अनुगमन कार्यदल संयोजक जनक बहादुर कडायतले बताउनुभयो ।

विद्यालय अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था र विद्यालय प्रशासन , भौतिक संरचना तथा विद्यालयको वर्तमान अवस्था बारे अनुगमन गरिननुका साथै विद्यालयमा शिक्षक विद्यार्थी उपस्थिति , सेनिटरी प्याड वितरण तथा व्यवस्थापन , खानेपानी तथा सरसफाइ , दिवाखाजा व्यवस्थापन , लगायत विविध पक्षहरुको अनुगमन गरिएको थियो ।

अनुगमनमा साँफेबगर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा विद्यालय अनुगमन कार्यदल संयोजक जनक कडायत , नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकर खनाल ,विद्यालय अनुगमन कार्यदल सदस्य भगवती खनाल , उमाकान्त जोशी , पत्रकार रमेश परियार र कल्पना बोहराको सहभागिता रहेको थियो ।