साँफेबगर – वैद्यनाथ क्षेत्रमा फागुन कृष्ण त्रयोदर्शीको अवसरमा फागुन १४ गते लाग्ने महाशिवरात्री पर्वको मुल व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ । महाशिवरात्री पर्वक मुल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुुर खड्काको अध्यक्षतामा बसेको वैठकले विभिन्न निर्णय गरेको छ । वैठकले विवाह व्रतिवन्धनको लागि कोटिहोमको मुल यज्ञलाई स्थान तोकेको छ ।
सन्त निरंकारी मंंण्डलाई स्वयम सेवको जिम्मेवारी र खानेपानीको व्यवस्थापन लायन्स क्लवले गर्ने निर्णय भएको वैद्यनाथ वेद विद्याश्रमका प्रार्चाय देवराज उपाध्यायले जानकारी दिनुभयो । शिवरात्री मेलामा राखिएका स्टलबाट न्यूनतम ५ सय देखि १ हजार रुपैया लिने निर्णय भएको छ । स्टलबाट शुल्क संकलनको लागि वैद्यनाथ क्षेत्र विकास संस्थाका कोषाध्यक्ष रुपा आउजीको संयोजकत्वमा ५ सदस्सीय समिति गठन भएको छ । सुरक्षाको अवस्थालाई मध्यनगर गर्दे झोलुङ्गे पुलमा मोटरसाईकल आवतजावत पूर्ण रुपमा रोक्ने निर्णय भएको छ ।
महाशिवरात्री पर्वमा फागुन १४ गते विहान ४ वजेदेखि नित्यपूजासँगै साँझ ७ वजेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । विहान ५ वजेबाट पूजाआजाका लागि मन्दिरमा तीनै ढोका खोल्ने, १२ वजेर २५ मिनेटमा सशस्त्र प्रहरीबाट सलामी अर्पण तथा वढाई कार्यक्रम , फागुन १२ गतेदेखि १५ गतेसम्म शिवरात्री हुने स्थल परिषरमा मदिरा पूर्ण प्रतिबन्ध गर्ने निर्णय गरेको वैद्यनाथ वेद विद्याश्रमका प्रार्चाय देवराज उपाध्यायले जानकारी दिनुभयो । साँझ ५ वजे पर्गाला चढाउने निर्णय भएको छ।


