नेपाल रेडक्रस सोसाइटी अछामद्वारा साँफेबगर र मेल्लेखलाई दिइयो २ दिने तालिम


पैरवी खबर

साँफेबगर – पालिका स्तरीय स्थानीय बिपद व्यवस्थापन समितिहरुलाई लक्षित गरि २ दिने बिपद जोखिम व्यवस्थापन मुलप्रबाहिकरण तथा स्थानीयकरण तालिम मंगलसेनमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, अछाम जिल्ला शाखामा संचालित सुरक्षित नेपाल परियोजनाको आयोजनामा परियोजना लागू भएका मेल्लेख गाउँपालिका र साँफेबगर नगरपालिकाका पालिका स्तरीय स्थानीय बिपद ब्यबस्थापन समितिहरुलाई तालिम दिइएको हो ।
तालिममा मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँद, साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरको उपस्तिथि रहेको थियो ।
दुबै पालिकाका प्रमुख प्रशासकिय प्रमुख, जनप्रतिनिधि , बिपद जोखिम न्यूनीकरण सम्पर्क ब्यक्ति , शाखागत प्रमुख, राजनैतिक दलका प्रतिनिधि (पालिका स्तरीय स्थानीय बिपद ब्यबस्थापन समिति) सदस्यहरु गरि जम्मा ३६ जनाको तालिममा सहभागिता रहेको थियो ।