साँफेबगर ।
नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको बैठकले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको पार्टी विधान अनुसार पालिका स्तरिय पालिका सभा दल गठन गरिएको छ। पालिका स्तरिय सभा दलका नेतामा रुप बहादुर कुँवर, उपनेता ललित बोगटी, प्रवक्ता राम बहादुर बोहरा र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सदस्यामक चयन गरिएको छ। यस्तै बैठकले असार १० गते भित्र पार्टीको सदस्यता नवीकरण गरि सक्नु पर्ने निर्णय गरेको छ। बैठकका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य यज्ञ बहादुर बोगटी रहनु भएको थियो। यस्तै बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देव बहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र बहादुर बोहरा, सचिव भिम बहादुर रावल कालोटोपी, जिल्ला कमिटी सदस्य रमेश कुँवर, सागर सिंह बाब्ली, हिरिण्ड बहादुर कुँवर, रुप बहादुर कुँवर, झंकर कुँवर, सुरत भुल, अम्बीका खड्का हेमा नागरि, रतन रावल, नेपाल शिक्षक महांघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, नेपाल शिक्षक संगठन साँफेबगर नगर कमिटी अध्यक्ष जानकी कुँवर, जिल्ला कमिटी सदस्य जयन्द्र स्वार, अनेरा स्ववियुका जिल्ला कमिटी सचिव भिम बडाहित, युवा संघका जिल्ला कमिटी सदस्य खेमराज टमट्ट लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। बैठकको संचालन नेकपा एमाले साँफेबगर नगर संगठन कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो।